+

आज ईपीएलका २ खेल हुँदै

२०७८ असोज  १७ गते ७:३१ २०७८ असोज १७ गते ७:३१
आज ईपीएलका २ खेल हुँदै

१७ असोज, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदै छन् ।

आजको पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा विराटनगर वारियर्स र काठमाडौं किंग्स-११ बीच बिहान साढे ९ बजेदेखि हुँदै छ ।

दोस्रो खेल दिउँसो साढे १ बजे चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुनेछ ।

खराब मौसमका कारण यसअघि ईपीएलका केही खेलहरु प्रभावित हुँदै आएका छन् ।

हालसम्म भएका खेलको नतिजाअनुसार तीन खेल खेलेके चितवन शतप्रतिशत जितबाट ६ अंक जोडेर पहिलो स्थानमा छ । चार खेल खेलेको ललितपुर चौथो, दुई खेल खेलेको काठमाडौं पाँचौ र ४ खेल खेलेको विराटनगर छैटौं स्थानमा रहेको छ । विराटनगरले एक खेल पनि जितेको छैन ।

आईपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय