+
+

ओलीको स्पष्टीकरण : हामी व्यक्तिपूजक होइनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १६:२०

१८ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु व्यक्तपूजक नभएको बताएका छन् । पार्टीको पहिलो विधान महाधिवेशन ओलीमय भएको, पार्टीको साटो व्यक्तिलाई प्रथमिकता पाएको भन्दै आलोचना भइरहेका बेला ओलीले भने यसलाई विरोधीहरुको हमलाको संज्ञा दिएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ । हाम्रो विचारमाथि हमला भएको छ, संगठनमाथि हमला भएको छ । अनि नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए रे, झण्डा देखिए रे, अलिक तामझाम देखियो रे, नेतृत्वको समर्थनमा कार्यकर्ता बोलेको देखियो रे ।’

उनले अघि भने, ‘यो हाम्राविरुद्ध हमलाको विभिन्न रुप हो । हामी व्यक्तिपूजक होइनौं, मूर्तिपूजक होइनौं । हामी धर्मान्धतामा विश्वास गर्दैनौं । हामी कमिटी प्रणालीमा विश्वास गर्छौं, सामूहिकतामा विश्वास गर्छौं ।’

यसको अर्थ आन्दोलनमा तल्ला कमिटी माथिल्ला कमिटी मातहत हुँदैनन्, कमिटीमा नेतृत्व हुँदैन र नेतृत्वको वरिपरि आन्दोलन गोलबद्ध भएको हुँदैन भन्ने नभएको एमाले अध्यक्ष ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?