+
+

धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १५:४७

१८ असोज, धनगढी । धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा असोज २० देखि २३ गतेसम्म प्रदेश स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलकुद परिषदका सदस्य सचिव दीपक सिंहले कैलाली र कञ्चनपुरसहित ९ वटै जिल्लाका टीमको सहभागितामा प्रतियोगिता सञ्चालन हुन लागेको जानकारी दिए ।

खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तरगत राष्ट्रिय टिम बनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिन लागेको बताउँदै सिंहले विस्तारै अन्य खेलकुद प्रतियोगिता पनि सञ्चालन गरिने जनाए ।

राष्ट्रिय खेल समेत रहेको भलिबल सुदूरपश्चिममा सबैभन्दा बढि खेलिने गरेको उनी बताउँछन् । प्रतियोगिता अन्तरगत पहिलो हुनेले एक लाख नगदसहित ट्रफी, द्धितिय हुनेले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, तेस्रो र चौथो हुनेले २५÷२५ हजार रुपैयाँसहित ट्रफी तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।

सदस्य सचिव सिंहले सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा सञ्चालन भएको मुख्यमन्त्री कपका विजेता खेलाडीहरुलाई उद्घाटन समारोहमा नगद पुरस्कारसहित सम्मान पनि गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?