+
+

नेपाल र चीनको सीमा विवाद छैन : चिनियाँ राजदूत यान्छी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते २०:१८

१९ असोज, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले  नेपाल र चीनबीचमा सीमा विवाद नरहेको बताएकी छन् ।

राजदूत यान्छीले मंगलबार ट्विटरमा दुई देशबीचमा ६० वर्ष पहिला नै सीमाको निरुपण भएको र त्यसबेलादेखि अहिलेसम्म कुनै विवाद नभएको उल्लेख गरेकी छन् । राजदूत यान्छीले भनेकी छन्,‘६० वर्षअघि आजैको दिन चीन र नेपालले मित्रवत वार्ताद्वारा सीमा सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसबेलादेखि हाम्रो सीमा पूर्ण रुपमा विवादमुक्त छ र यो दुईपक्षीय सम्बन्धको सेतु र पारस्परिक सहकार्यको पुल बनेको छ ।’

हुम्लामा सीमा विवादका सम्बन्धमा चीनसँग कूटनीतिक कुराकानी गर्न परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ । सीमा मिचिएको सम्बन्धमा अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले मिचिएको वा नमिचिएको बारेमा के प्रतिवेदन दियो भन्ने यकिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?