
२० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बैंकले १४ दिनको रिपो जारी गर्न लागेको जनाएको छ ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो आज बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।
यसअघि बैंकले गत असोज १३ गते रु ३० अर्ब रिपोमार्फत बजारमा पठाएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4