

२० असोज, काठमाडौं । क्यानडा पठाउने भन्दै नेपाल बोलाएर पाकिस्तानी नागरिकलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेका जेसन मोहम्मद र ताज रजवाज पनि पाकिस्तानी नागरिक हुन् ।
प्रहरीका अनुसार उनीहरुले फैजान अहमदलाई नेपालको बाटो हुँदै क्यानडा पठाउने भन्दै नेपाल बोलाएका थिए ।
विमानस्थलबाट आफूलाई सिभिल होम्समा लगेर बन्धक बनाएको फैजानले प्रहरीसमक्ष बताएका छन् । उनका अनुसार जेसन र ताजले बन्धक बनाएर पाकिस्तानस्थित परिवारलाई म क्यानडा आइपुगे, २० हजार डलर दिनुस् भन्न लगाएका थिए ।
उनीहरुबाट फुत्किएका फैजानले खबर गरेपछि दुबैलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment