+
+

चाडपर्वमा हेयर कलरको ट्रेन्ड बढ्यो : निरु श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २२ गते १५:२६

दशैंको माहौल सुरु भइसकेको छ । लत्ताकपडादेखि खाद्यन्नसम्मको किनमेलले बजारलाई चलयमान बनाइदिएtgvf0को छ । कोही यात्राको तयारीमा छन्, कोही घर–आँगन सजाउने मेलोमेसोमा । सर्वत्र व्यस्तता बढेको छ । यस्तो व्यस्तता गरगहनाको पसलदेखि ब्युटी पार्लरसम्म देखिन्छ ।

भनिन्छ, मीठो खानेसँगै नयाँ लुगा लगाउने पर्व हो दशैं । दशैंमा सबैलाई चिरिच्याट्ट देखिनैपर्छ । यतिबेला कस्तो पहिरन लगाउने, कस्तो मेकअप गर्ने, कस्तो हेयर डिजाइन गराउने ? धेरैलाई चासो हुनसक्छ । यही सिलसिलामा अनलानखबरले न्यु शृंगार ब्युटी केयरकी निरु श्रेष्ठसँग कपालको सौन्दर्यबारे कुराकानी गरेको छ ।

अहिले चाडपर्व सुरु हुँदैछ, यस्तो बेला कस्तो किसिमको हेयर डिजाइन बढी चलेको छ ?

हिजोआज चाडपर्वको सिजनमा कपालको अरु डिजाइनभन्दा पनि कपाल कलर गर्ने माहोल चलेको छ । कपाल स्ट्रेट गर्ने, कर्ब गर्ने जस्ता विभिन्न डिजाइनहरु चाडपर्वको बेलामा धेरै चलेका डिजाइनहरु हुन् ।

उमेर अनुसार कस्तो कस्तो हेयर डिजाइन बढी रुचाइएको छ ?

उमेर अनुसार केही फरक डिजाइनहरु हुन्छन् । जस्तो हेयर कलरकै कुरा गर्दा विशेषगरी किशोरीहरुले ग्रे कलर बढी मनपराउने गर्छन् । यो चलन १९देखि २६÷२७ वर्षसम्मका मान्छेले पनि यस्तो कलर मनपराउने गरेका छन् । त्योभन्दा माथिका मान्छेहरुले भने मोर्डन कलर मनपराउने गर्छन् ।

चाडपर्वमा साडी, कुर्ता आदि लगाउने गर्छन् । यस्तो ड्रेसमा कस्तो हेयर डिजाइन उचित हुन्छ ?

कुर्ता साडी लगाउने मान्छेले हेयर कर्बलाई मनपराउँछन् । तर ध्यानदिनु पर्ने कुरा के छ भने हामीले जति पनि हेयर स्टाइल हुन्छ त्यो मान्छेको फेसको आधारमा फरक हुन्छ । ठूलो गोलाकार अनुहार छ भने त्यसमा छुट्टै खाले डिजाइन हुन्छ । अन्यथा अर्कै खालको हुन्छ ।

हेयर कलर गर्दा कति खर्च लाग्छ ?

मान्छेको कपाल कस्तो छ ? भन्ने आधारमा मूल्य फरक हुन्छ । मोर्डन कलरको लागि भर्जिन हेयर छ भने कुनै कलर वा मेहन्दी लगाएको छैन भने त्यसलाई हाइलाइट गरेर पहिले अरु कलर लगाएर मात्रै उक्त कलर लगाउनु पर्छ । त्यस्तो गर्दा ६-७ हजारसम्म लाग्छ । यसमा सबै प्रोफेसनल्ली सामान प्रयोग गर्दा यति खर्च लाग्ने हो ।

हेयर कलरले कपाललाई कुनै हानि गर्छ कि गर्दैन ?

हेयर कलर गर्दा विभिन्न टेक्नोलोजीको प्रयोग गरिन्छ । यस्तोमा सकेसम्म दक्ष ब्युटिसियन रोज्नु पर्छ । अन्यथा कपालमा हाइ केमिकल मिसिएर त्यसले कपाल टुक्रिने, जल्ने जस्तो समस्या हुन सक्छ ।

सामान्यमान्छेले बुझ्ने भाषामा भन्नुपर्दा केराटिन भनेको के हो ?

सामान्य भाषामा भन्दा केराटिन भनेको कपालको प्रोटिन हो । हामीले कपालमा पोलिस गरे जस्तै हो । यसको अवधि ३ देखि ४ महिनासम्मको हुन्छ । केरोटिनको लागि प्रोफेसनल मान्छेले राम्रोसँग गर्दा ४ देखि ५ घण्टासम्म लाग्न सक्छ । यसको लागि सुरुवाती शुल्क ७ हजारसम्म लाग्छ । यो हाइप्रोफेसनल मान्छेले केराटिन गर्दाको शुल्क हो ।

केराटिन गर्ने क्रम कति बढेको छ ?

अहिले केराटिनको सिजन एकदमै बढेको छ । यो जान्ने बुझ्नेहरुले कपालको सुरक्षाको लागि धेरै गराउने गरेका छन् । यो कपालको प्रोटिन हो, यसबाट कपालमा चाहिने प्रोटिन उत्पादन हुन्छ । बिग्रिएको कपाललाई प्रोटिन प्रदान गर्नको लागि यो आवश्यक छ ।

तपाईंले कस्तो व्युटी प्रोडक्ट प्रयोग गर्दै हुनुहुन्छ ?

हामीले धेरै ब्राण्डका ब्युटी प्रोडक्टहरु प्रयोग गर्ने गरेका छौं । तर हामीले प्रयोग गरेका सबै प्रोडक्टहरु प्रोफेसनल खालका छन् । जस्तो, गाजलमा विभिन्न चिनियाँ प्रोडक्ट हुन्छ भने कतिपय अन्य देशको पनि छ । हामीले प्रयोग गर्ने प्रोडक्टले मान्छेको स्वास्थ्यलाई पनि फाइदा गरोस् भनेर ध्यान दिन्छौं । हामी हाम्रो पार्लरलाई ब्युटी क्लिनिक भन्ने गर्छाैं ।

कपालको स्वास्थ्य हाम्रो सिंगो शरीरको स्वास्थ्यसँग जोडिएको छ । कपाल देख्दा त्यति आवश्यक वस्तु नदेखिए पनि यसको सुरक्षाले सिंगो शरीरको स्वास्थ्यमा योगदान दिन सकिन्छ । त्यसैले कपाललाई सुन्दर बनाउन जाँदा यसको स्वास्थ्य सुरक्षामा पनि ध्यान दिनुपर्छ । त्यसको लागि हामीले राम्रोसँग जानेका र अनुभवी ब्युटिसियनहरुसँग कपालको हेरचाह गराउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?