+
+

ताइवानलाई चीनको चेतावनी- इतिहास भुलेर मातृभूमि टुक्र्याउन खोज्नेको दु:खद अन्त्य हुनेछ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते ११:२७

२३ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुन:एकीकरण गर्ने प्रतिज्ञा गरेका छन् । शनिबार बेइजिङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिज्ञा गरेका हुन् ।

राजतन्त्र अन्त्य भएको ११० औं वार्षिकोत्सवमा अवसरमा बेइजिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नै सीले ताइवानसँग शान्तिपूर्ण माध्यममार्फत् पुन:एकीकरणको मार्ग पछ्याउने बताएका हुन् ।

चीनको पुन:एकीकरणका लागि सबैभन्दा ठूलो अवरोध स्वतन्त्र ताइवानको माग गर्ने शक्ति भएको पनि उनको भनाइ थियो । ‘आफ्नो इतिहास र मातृभूमि भुलेर मुलुक टुक्र्याउन खोज्नेहरुको दु:खद अन्त्य हुनेछ’ स्वतन्त्र ताइवान बनाउन चाहने शक्तिप्रति संकेत गर्दे सीले भने ।

राष्ट्रपतिले सीले हङहङमा लागू गरिएको एक मुलुक दुई प्रणालीअन्तर्गत ताइवानसँग शान्तिपूर्ण पुनरएकीकरण गर्न चाहेको पनि बताए । तर उक्त प्रणालीलाई ताइवानले विरोध गर्दै आएको छ ।

सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र ‘बाह्य हस्तक्षेप’ अस्वीकार्य हुने पनि प्रस्ट पारे । ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।

‘राष्ट्रिय स्वाधीनता र अखण्डता रक्षा गर्ने चिनियाँहरुको संकल्पलाई कसैले पनि अवमूल्यन गर्न हुँदैन’, सीले भने, ‘चीनको पुनरएकीकरण गर्ने कार्यले पूर्णता पाउनुपर्छ र कुनै पनि हालतमा यो कार्य गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?