+
+

खसीको पक्कु कसरी स्वादिष्ट बनाउने ?

राज अर्याल राज अर्याल
२०७८ असोज २४ गते १७:०५

‘दशैं आयो, खाउँला पिउँला’ । भलै आजको दिनमा मीठो मसिनो खानका लागि दशैं कुर्नुपर्ने बाध्यता नहोला, तर दशैं भन्नसाथ सबैलाई लाग्छ यो मीठोमसिनो खाने चाड हो । तिहारको सेलरोटी, माघे संक्रान्तिको कन्दमुल, असार पन्ध्रको दही –चिउरा भनेजस्तै दशैंको विशेष व्याञ्जन हो, खसीको मासु । त्यसमा पनि खसीको पक्कु । पाहुना लाग्दा होस् वा पाहुनालाई घरमा निम्त्याउँदा, खसीको पक्कुले स्वागत गरिन्छ ।

खसीको पक्कु बनाउने परम्परागत तौरतरिका छन् । सबैले आ–आफ्नै ढंगले खसीको पक्कु बनाइरहेकै हुन्छन् । यद्यपि यहाँ मैले आफ्नो अनुभवको आधारमा केही कुरा साझेदार गरेको छु ।

पकाउने विधी

खसीको मासुमा तोरीको तेल नुन बेसार र गरम मसलाको धुलो मोलेर केही बेर छोपेर राख्ने । तेसपछि ढलोटको कसौडीमा तोरीको तेलसँगै आफ्नो स्वाद र रुचिअनुसार ज्वानो मेथी टिमुर अथवा तेज पत्ता राखेर भुट्ने । मासु पूरै पाक्नुअघि सिलौटोमा पिधेको जिरा, धनियाँ, लसुन हरियो खुर्सानी अनि अदुवाको पेस्ट राखेर केही बेर भुट्ने र पाकी सकेपछि हरियो धनियाको पात काटेर माथिबाट छर्किने ( धनियाँको पात राख्दा चिमोटेर राखेको राम्रो) ।

अब यो खानको लागि तयार भयो र २-४ दिनपछि सम्मपनि बिग्रिँदैन तत्काल खानको लागि हो भने प्याज र टमाटरको प्रयोग गर्न पनि सकिन्छ । तर पछिसम्मको लागि हो भने टमाटर प्याज राख्नुहँुदैन ।

पक्कुको लागि कुन भाग उचित ?

टाउको र खुट्टाबाहेक अन्य कुनै पनि मासु प्रयोग गर्न सकिन्छ । यदि फिला र ढाडको मासु भयो भने राम्रो हुन्छ ।

कस्तो भाँडा उपयुक्त हुन्छ ?

ढलोट या पित्तलको कसौंडी प्रयोग गर्ने । पुरानै परम्परागत शैलीमा बनाउने हो भने ढलोटको कसौडी प्रयोग गर्ने ।

यसमा के कस्ता मरमसला मिसाउँदा स्वादिष्ट हुन्छ ?

जिरा, धनियाँ, तेजपत्ता, दालचिनी, अदुवा, लसुन मात्रै राखेर बनाउन सकिन्छ । अहिले बजारमा पाउने गरम मसला मा १४÷१५ थरी मसलाहरु मिसाइएको हुन्छ । त्यो प्रयोग गर्न पनि सकिन्छ ।

सरी पकाउने ? पकाउने पनि भिन्नै विधि हुन्छ कि ?

पकाउने विधि भिन्दाभिन्नै हुन्छ । खासगरी परम्परागत शैलीलाई नै हेर्ने हो भने यो दशैंमा मासु धेरै हुने र त्यो बेला फ्रिज नहुने भएकाले मासुलाई पछिसम्म पनि खान मिलोस् भनेर तोरीको तेलमा मात्रै नुन, बेसार र गरम मसला राखेर मज्जाले भुटेर राखिन्थ्यो ।

त्यसरी राखेको मासु एक डेढ महिनासम्म पनिबिग्रिदैनथ्यो  र त्यो मासुलाई पछि आफ्नो रुचिअनुसार झोल ग्रेभी या सुक्खा भुटेरै खानका लागि प्रयोग गरिन्थ्यो । तर अहिले प्रायः तत्काल खानकै लागि बनाउने भएकाले केही फरक तरिका विधिहरु पनि प्रयोग हुन्छन् ।

कति समय पकाउने ?

लगभग ४५ मिनेटदेखि एक घण्टासम्म । पकाउने विधी आ आफ्नै हुनसक्छ । स्वाद र रुची अनुसार फरक विधीबाट पनि तयार गर्न सकिन्छ । कतिपयले मासुमा वाइन, भोड्का आदि मिसाउने गर्छन् । पक्कुको लागि यी पेयहरु मिसाउनु जरुरी छैन ।

प्रायः दशैंको परिकार चिल्लोचाप्लो हुन्छ । यसलाई कम चिल्लोचाप्लो बनाउन सकिएला ?

बोसो कम भएको मासु रोज्ने साथै तेलको कम प्रयोग गर्ने । तेलको प्रयोग कम गर्दा मासु डढ्न सक्छ । त्यसको लागि बरु अलिकति बढी समय लगाएर सानो आगोमा पकाउने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?