+
+

नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’ नामक सन्देशमूलक दशैं भिडियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते ७:०९

काठमाडौं । नबिल बैंकले यो वर्ष पनि ‘नयाँ लुगा’ नामक सन्देशमूलक दशैंको भिडियो सार्वजनिक गरेको छ । नयाँ भिडियोमा दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथामा आधारित रहेको र यो कथा आम नेपालीहरुको आत्मकथा हुने बैंकले दावी गरेको छ ।

बैंकका अनुसार भिडियोमा एक जना व्यक्ति शहरमा जागिर गर्छन् । घरबाट छोरीको फोन आउँछ । छोरीले दशैंमा नयाँ कपडा ल्याइदिनु भनेर बाबसँग अनुरोध गर्छिन् । छोरी र श्रीमतीको खुशीका लागि ती व्यक्ती दशैं किनमेल गरेर गाउँ फर्किन्छन् । घर फर्किँदा, बाटो बिग्रेर जाममा पर्छन् । तर परिवारको माया अनी खुशीका लागि उनी रात भर हिँडेर आफ्नो घर पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

घर पुगेर आफ्नो परिवारका साथ खुशी भएर दशैं मनाउने तयारी गर्दछन् । अब जागिर खान शहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवारसँग सुरक्षित साथ खुशी साटासाट गरौं भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?