
२५ असोज, काठमाडौं । चर्चित हास्यकलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् ।
दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् ।
सामाजिक सञ्जाल मार्फत गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4