Comments Add Comment

श्रीमती हत्या आरोपमा एकजना पक्राउ

२६ असोज, भोजपुर। प्रहरीले श्रीमती हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर सापासिलिछो गाउँपालिका-५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पा रहेका छन् ।

४० वर्षीय श्रीमती छोती शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको सूचनाका आधारमा प्रहरी चौकी दोभाने र ईलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment