+
+

लागु औषधसहित रुपन्देहीबाट चारजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २७ गते १५:५०

२७ असोज, रुपन्देही । रुपन्देही प्रहरीले लागु औषधसहित चारजनालाई प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा उप महानगरपालिका वडा-२२ का २७ को सागर पोख्रेल र गोदावारी नगरपालिका वडा-१ प्रगतिनगर बस्‍दै आएका २० वर्षीय मधुकर बिश्वकर्मा, गैडहवा गाउँपालिका- ९ का ३४ वर्षीय दुर्गा राना र कन्चन गाउँपालिका-२ का १६ वर्षीय अशोक कुमार लोध रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नुफिन ३७ सि.सी, फेनेग्रान ३७ सि.सी. ,डाइजेपाम ३७ सि.सी, नाईट्राभेट-८८ पिस, डाईजापाम -४८ पिस बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?