+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एनआरएनएको निर्वाचन ३० नोभेम्बरभित्र गर्ने निर्णय

कुमार पन्त नेतृत्वको कार्यकाल ६ महिना थप

रोयल आचार्य रोयल आचार्य
२०७८ असोज ३१ गते १६:४३
एनआरएनएका अध्यक्ष कुमार पन्त

३१ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन ३० नोभेम्बरभित्र गर्ने निर्णय भएको छ । एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचन अक्टोबर महिनामा नै हुनुपर्ने थियो ।

अक्टोबर महिनामा नै निर्वाचन गर्ने गरी एनआरएनएले तयारी थाले पनि प्रतिनिधि छनोटमा बिवाद पछि परराष्ट्र मन्त्रालयले निर्वाचनका कार्यक्रम रोक्न भनेको थियो ।

तत्कालका लागि रोकिएको निर्वाचन कार्यक्रम प्रतिनिधि छनोट लगायतका समस्याहरु समाधान गरी नोभेम्बर ३० भित्र गर्ने निर्णय गरिएको एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले जानकारी दिए ।

उनका अनुसार भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ ।

‘हामीले कार्यकाल थप्न पाउँने अधिकतम् सीमा भनेको ६ महिना भएकाले भोलि निर्वाचन परसारिहाल्नु पर्दा पुनः थप्नु नपरोस् भनेर यस्तो निर्णय गरेका हौं’ महासचिव केसीले भने, ‘तर निर्वाचन हामी ३० नोभेम्बरमा नै गछौं, जतिसक्दो चाडो निर्वाचन गर्नुपर्छ भन्ने हो ।’

यस अघि १०औँ महाधिवेशन तथा निर्वाचन २३ देखि २५ अक्टोबरमा गर्ने निर्णय भएपनि परराष्ट्र मा उजूरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?