+
+

च्याम्पियन्स लिग : रियलको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते ८:३६

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिडले साख्तर डोनेस्कलाई ५-० ले पराजित गरेको छ ।

रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गरे भने रोड्रिगो र करिम बेन्जिमाले एक/एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको ३७औं मिनेटमा  साख्तरका सेर्ही क्रिभ्टसोभले आत्मघाती गोल गरेपछि रियलले अग्रता बनाएको थियो । त्यसपछि ५१औं र ५६औं मिनेटमा भिनिसियस जुनियरले गोल गरे ।

६४औं मिनेटमा रोड्रिगो र इन्जुरी टाइममा बेन्जिमाले गोल गर्दै रियललाई ५-० को फराकिलो जित दिलाए ।

दोस्रो जितपछि रियल समूह बी मा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । साख्तर डोनेस्क एक अंक जोडेर पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा इन्टरले एफसी सेरिफलाई ३-१ ले पराजित गर्दै पहिलो जित हात पारेको छ । इन्टरको जितमा एडेन जेको, अर्टुरो भिदाल र स्टेफन डे भर्जले गोल गरे ।

हारपछि पनि सेरिफ ६ अंकसहित शीर्ष स्थानमै छ । इन्टर ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment