
७ कात्तिक, काठमाडौँ । विप्लव समूहले ०७७ फागुन २० गते सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने विषयमा गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरेको छ ।
गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र विभिन्न घटनामा पक्राउ परेका नेकपाका नेता कार्यकर्तालाई कानुनसम्मत रुपमा रिहाइ गर्ने तथा मुद्दा फिर्ता अगाडि बढाउन सहमत भएका छन् ।
बैठकमा सरकारका तर्फबाट गृहमन्त्री खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु र महान्यायाधिवक्ता खम्मबहादुर खाती तथा नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।
महान्यायाधिवक्ता खातीले विभिन्न स्थानमा रहेका कानुनसम्मत फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने र कैदी बन्दीलाई रिहाइ गर्ने विषय सकारात्मक रूपमा अघि बढेको जानकारी दिए ।
उनले आइतबारको छलफलमा विभिन्न जेलमा रहेका विप्लव समूहका कार्यकर्ता र उनीहरुमाथि लागेको मुद्दाको सूची सरकारलाई जानकारी गराउने सहमति भएको पनि बताए ।
प्रतिक्रिया 4