+
+

महोत्तरीको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १८:२१

८ कात्तिक, जनकपुरधाम। महोत्तरीको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सम्सी गाउँपालिका ६ बाट मोटरसाइकलमा सवार दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज. १२ प. १४४९ नम्बरको मोटरसाईकलमा सबार बर्दिबास नगरपालिका १ बस्ने ३२ वर्षीय पंकज साह र सोही ठाउँका ३१ वर्षीय रंजित थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक्सिप्लोन १०० एमएलको ११ वटा बोतल, स्पास्मो प्रोक्सिभोनको १६ पत्ता ट्याब्लेट र नाइट्राभेट ६० पत्ता ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।

यस्तै औरही नगरपालिका-४ कबिलासाबाट लागूऔषधसहित एक जना पैदल यात्रीलाई पक्राउ गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका-६ घर भइ बर्दिबासमा डेरा गरी बस्ने २९ बर्षीय जीवन तामाङलाई नाइट्राभेट–१० नामक ट्याब्लेट १ सरय ५० थान, डाइजेल्याब ३ थान र फेनार्गन ३ थानसहित पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?