+
+

वीरगञ्जमा सवारी दुर्घटनामा परी महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १९:१२

९ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटनामा परी मंगलबार एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।

वीरगञ्ज–१६ नगवा बाइपास सडकखण्डमा भएको सवारी दुर्घटनामा परी ५५/६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ पौने ७ बजे उनी घाइते अवस्थामा फेला परेकी थिइन् । घटना स्थलबाट प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि नारायणी अस्पताल पुर्‍याइएको थियो । टाउको, नाक, मुखमा चोट लागेको उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

अनुसन्धानको क्रममा सडक पार गर्दै गरेको अवस्थामा प्रदेश २–०३–०१६ प ७३८७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको पाइएको खनालले बताए । मोटरसाइकल चालक १८ वर्षीय निरज वर्णवाललाई वीरगञ्ज–१५ भिष्वास्थित घरबाट नियन्त्रणमा लिइएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?