
१० कात्तिक, काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धरा बस्ने ३५ वर्षीया अप्सरा खातुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चुन्नीखेलबाट बुधबार पक्राउ गरेको हो ।
उनलाई चेक अनादार मुद्दामा उच्च अदालत पाटनले सात दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
पक्राउ परेकी खातुनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्युरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4