+
+

यू-२३ एसियन कप छनोट : आज नेपाल र ताजिकिस्तान भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १३:३६

११ कात्तिक, काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह बी को दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानसँग प्रतिपस्र्धा गर्दैछ । दुसानबेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

आजको खेलमा घरेलु टोलीविरुद्ध अंक जोड्ने लक्ष्यसहित नेपाल मैदान उत्रिँदैछ । छनोटको पहिलो खेलमै नेपाल बलियो टोली इरानसँग ४-० ले पराजित भएको थियो । उक्त खेलमा पहिलो हाफमा नेपालले इरानलाई गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा चार गोल बेहोरेको थियो ।

उता ताजिकिस्तानले आफ्नो पहिलो खेलमा लेबनानलाई १-० गोलले पराजित गरेको थियो । समूह बी मा इरान र ताजिकिस्तानको समान ३ अंक छ भने लेबनान र नेपाल अंकविहीन छन् ।

नेपालले छनोट अन्तर्गत समूहको अन्तिम खेल लेबनानसँग आइतबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?