+
+

स्रोत नखुलेको ८ लाख २० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १७:३०

११ कात्तिक, मोरङ। प्रहरीले स्रोत नखुलेको ८ लाख २० हजार नेपाली रुपैयाँसहित एकजनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका -३का ३४ वर्षीय उमेश साह रहेका छन् ।

साहलाई बिराटनगर महानगरपालिका वडा नं.-१८ भेडियारी स्थित अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ८६४० न. को स्कुटर चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्‍यक कारबाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता दीपक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?