+
+

अफगानिस्तानका पूर्वकप्तान असघर अफगानद्वारा सन्यास घाेषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते ११:२४

१४ कात्तिक, काठमाडौं । अफगानिस्तान राष्ट्रिय टिमका पूर्व कप्तान असघर अफगानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

युएई आईसीसी टी–२० विश्वकप क्रिकेट चलिरहेका बेला अफगानले सन्यास घाेषणा गरेका हुन् ।

सुपर १२ अन्तर्गत आईतबार नामिवियाविरुद्धको हुने खेल नै अन्तिम हुने अफगानले जनाए ।

अफगानिस्तान क्रिकेट बोर्डले उनको सन्यासलाई स्वीकृत गरेको छ ।

नामिवियाविरुद्धको खेलेमा उनले अफगानिस्तानका लागि ७५ औं टी-२० खेल्नेछन् ।

३३ वर्षीय अफगानले ११४ एक दिवसीय र ६ टेस्ट क्रिकेट छन् ।

अफगानले सन् २००९ मा स्कटल्यान्डविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

यस्तै सन् २०१८ मा अफगानिस्तानले भारतविरुद्ध आफ्नाे पहिलाे टेस्ट खेल्दा उनी कप्तान थिए ।

अफगान कप्तानको रुपमा सबैभन्दा बढी टी-२० क्रिकेट खेल जित्ने खेलाडी हुन् । उनले ४२ खेल जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?