+
+

नबिल बैंक र पोखरा विश्वविद्यालयबीच साझेदारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १३:२७

काठमाडौं । नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (Bachelor of Entrepreneurship Development-BED Program) अन्तर्गतका उद्यमशील परियोजना सञ्चालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताए । उद्यम गर्ने सोच सँगै त्यससम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

त्यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले नबिल बैंकको यस नयाँ सोचको प्रशंसा गर्दै नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामनासहित यस्का लागि विश्वविद्यालयको सधै सहयोग रहने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?