
१४ कात्तिक, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट मंगलबार हुने भएको छ ।
कात्तिक ४ गतेदेखि ८ गतेसम्म आवेदन खुला भएको आईपीओ मंगलबार बाँडफाँट गर्ने मिति तय भएको कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ ।
कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको गरेको थियो । कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।
त्यसबाहेकको ६ लाख ७८ हजार ९०० कित्ताका लागि सेयरमा सर्वसाधारणले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा ३९.६७ गुणा धेरै अर्थात २२ लाख ६५ हजार ६९८ वटा आवेदन परेको थियो ।
२ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन परेकोमा ६७ हजार ८९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी २१ लाख ९७ हजारले शेयर हात पार्ने छैनन् ।
प्रतिक्रिया 4