+
+

सिन्धुपाल्चोकमा एक पुरुष मृत अवस्थामा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १७:५५

१५ कात्तिक, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित ब्रहमायणी नदी किनारमा एकजना पुरुष मृत अवस्थामा भेटिएको छ ।

आइतबार विहान १० बजे बलेफी गाउँपालिका-२ भुजुङे बस्‍ने ४० वर्षीय राजु नेपाली मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मृतको लास चौतारा अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?