+
+

कर्णालीमा कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते २०:५८

१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसँगै कांग्रेस नेतृत्वमा सरकार बन्ने भएको छ । र, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने छन् ।

मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिँदा छ महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । त्यही सहमति अनुसार शाहीले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । ‘हामीबीच भएको भद्र सहमतिअनुसार नै महेन्द्रजीले राजीनामा दिनुभएको हो, अब मेरै नेतृत्वमा नयाँ सरकार बन्छ,’ शाहीले भने ।

राजीनामाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गरेको बताए । नयाँ बन्ने सरकारलाई आफ्नो दलको पूर्ण सहयोग रहने उनको भनाइ छ ।

यस्तो छ प्रदेश सभामा अंक गणित

४० जना सांसद रहेको कर्णाली प्रदेशसभा हाल ३५ सदस्यीय छ । एमालेका चार सांसद कारवाहीमा परेपछि उनीहरुको पद रिक्त छ भने माओवादीका एक सांसद एमालेमा गएपछि सो पद पनि रिक्त छ ।

प्रदेश सभामा बहुमतका लागि १८ मत चाहिन्छ । माओवादीसँग १२ सिट छ भने कांग्रेससँग ६ सिट छ । यी दुई पार्टी मिल्दा ठिक्क बहुमत पुग्छ । प्रदेशमा सत्ता साझेदार नेकपा (एकीकृत सामाजवादी) का पनि तीन जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?