+
+

पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाऔं : कार्यकारी निर्देशक पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १४:२३

१८ कात्तिक, काठमाडौं। नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् ।

बिहीवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वभाविक भएको बताए ।

उनले नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल ग्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाए ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको बताउँदै कार्यकारी निर्देशक पौडेलले यसले जनतालाई मामा नपार्ने बताए । उनले विश्व राजनीतिमा उतारचढाव हुँदा तेलको मूल्य बढीरहेको भन्दै अबको दुई वर्ष तेलको मूल्य स्थिर हुन नसक्ने बताए ।

कार्यकारी निर्देशक पौडेलले भने, ‘यो सरकारी संस्था हो, अस्वभाविक हुँदैन, सबैचिज पारदर्शी नै हुन्छ, अस्वभाविक भनेर हामीले सोच्नु नै सरकार, निगमप्रति पूर्वाग्रही ढंगले सोचिएको हो, यो १०० प्रतिशत स्वभाविक हो, यो स्वभाविक हुनलाई धेरै तथ्य, तथ्यांक भन्नैपर्दैन, बजारमा लिक्वीडिडी अभावको स्थिती हेर्नुहोस्, अन्तर्राष्ट्रिय बजारमा डलरको गिरावट हेर्नुहोस्, यो १०० डलर प्रतिब्यारेलसम्म पुग्छ, यो के हो भने आज हामी ८० मा छौँ, निगमलाई ६० डलरमा पुर्याइयो भने हाम्रो मूल्य स्थिर हुन्छ, हामी ८० डलरमा छौँ, अहिले हामीलाई २० डलरको मार छ भने योसय डलर पुग्छ भनेपछि तपाईले हेरिहाल्नुस् कहाँ पुग्छौँ हामी भन्ने कुरो ।’

कार्यकारी निर्देशक पौडेलले नेपाल आयल निगम गत वर्षको जनवरीदेखि नै घाटामा रहेको बताए । उनले मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो २ वर्षमा १७÷१८ रुपैयाँ घटाएको बताए ।

न्‍यूज एजेन्सीसँग कुराकानी गर्दै कार्यकारी निर्देशक पौडेलले जिम्मेवार सञ्चारमाध्यममा आएका समाचार निगमको कुरालाई विश्वास गर्न पनि आग्रह गरे। उनले निगमले अहिलेसम्म तथ्यांक नलुकाएको दाबी गर्दै निगमलाई तथानाम गाली गलौज गर्नु अर्थतन्त्र सिध्याउने काम मात्र भएको बताए ।

कार्यकारी निर्देशक पौडेलले भने,‘निगम अघिल्लो वर्षको जनवरीदेखि घाटामा छ, हामीले मूल्य समायोजन नगरेको होइन, ३३ रुपैयाँ जतिको मूल्य समायोजन गरेका थियौँ, २ वर्षमा १७-१८ रुपैयाँ पैसा घटाएका छौँ। निगम, कर्मचारीलाई गाली गरेर केही हुँदैन, कि निगम नै चाहिँदैन भन्न सक्नुपर्यो, जुन कुराको विकल्प छैन, गरेर फाइदै छैन, जुन कुरामा राजनीति नै गर्नुहुँदैन, जुन कुरो राजनीतिक विषय नै होइन, त्यसैले हल्ला मच्चाएर इकोनोमी नै सिध्याउने कुरा हो, निगमको हेल्थमा हेलचेक्राइँ गर्नुहुँदैन ।’

कार्यकारी निर्देशक पौडेलले अहिले निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र एलपी ग्याँसमा ७२० रुपैयाँ नोक्शानमा रहेको बताए ।

उनले यस आर्थिक वर्षमा निगमले जति नै मूल्य बढाएपनि २० अर्ब नोक्शानमा जाने दाबी गरे । कार्यकारी निर्देशक पौडलले यस वर्षमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुग्ने बताउँदै यसमा अन्यथा मान्नु नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?