+
+

विश्वकप टी-२० : श्रीलंकाको दोस्रो जित, साविक विजेता वेष्ट इन्डिज बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते ७:४४

१९ कात्तिक, काठमाडौं । यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा श्रीलंकाले दोस्रो जित हात पारेको छ ।

यूएईको आबुधाबीमा बिहीबार राति भएको सुपर १२ अन्तर्गतको पाँचौ खेलमा साविक विजेता वेस्ट इन्डिजलाई २० रनले हराउँदै श्रीलंकाले दोस्रो जित निकालेको हो ।

श्रीलंकाले वेष्ट इन्डिजलाई १९० रनको लक्ष्य दिएको थियो । वेस्ट इन्डिजले ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनायो ।

वेस्ट इन्डिजका सिमरोन हिटम्यानले सर्वाधिक ८१ रन बनाएका थिए । तर उनी एक्लैको यो स्कोरले वेस्ट इन्डिजको हार टार्न सकेन ।

श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले दुई/दुई तथा दुसमन्था चमिरा र दासुन सनकाले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभर खेल्दै तीन विकेट गुमाएर १८९ रन बनाएको थियो । श्रीलंकाका लागि चरिथ असालांकाले ६८ रनको बनाए भने पाथुम निसांकाले ५१ रनको योगदान गरे । वेस्ट इन्डिजका आन्द्रे रसेलले दुई र ड्वायन ब्राभोले एक विकेट लिए ।

श्रीलंकासँग पराजित भएको वेष्ट इन्डिज समूह चरणबाटै बाहिरिएको छ । चार खेल खेलको वेष्ट इन्डिजले एक खेलमात्रै जितेको छ । बाँकी एक खेल जिते पनि वेष्ट इन्डिजको अघिल्लो चरणको सम्भावना सकिएको छ ।

पाँचै खेल खेलिसकेको श्रीलंका पनि बाहरिसकेको छ भने कुनै पनि खेल जित्न नसकी बंगलादेख यसअघि नै बाहिरिसकेको छ ।

ग्रुप १ मा पहिलो, दोस्रो र तेस्रो स्थानमा क्रमश: इंग्ल्याण्ड, अष्ट्रेलिया र साउथ अफ्रिका रहेका छन् । यी तीनै टिमले चार/चार खेल खेलेका छन् । इंग्ल्याण्डको ८, अष्ट्रेलिया र साउथ अफ्रिकाको ६/६ अंक रहेको छ । रन रेटका आधारमा अष्ट्रेलिया साउथ अफ्रिकाभन्दा अघि छ । यो समूहबाट इंग्ल्याण्डसँगै दोस्रो र तेस्रोमा रहेका मध्ये एक टिम अघिल्लो चरणमा जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?