
२३ कात्तिक, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र सिन्हाले पदबाट राजीनामा दिएका छन् ।
व्यक्तिगत तथा पारिवारिक कारण देखाउँदै सिन्हाले राजीनामा दिएको कम्पनीका प्रशासन प्रमुख राजेन्द्रकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार सिन्हाको राजीनामा स्वीकृत समेत भइसकेको छ । सोमबार साँझ ५ बजे बसेको कम्पनीको सञ्चालक समितिले सिन्हाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । नयाँ सीईओ नियुक्तिको प्रक्रिया भने शुरु गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4