
काठमाडौं । नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुका लागि क्यासब्याक अफर ल्याएको छ ।
दराजसँगको साझेदरीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार ५ सय सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
दराजले आयोजना गर्न लागेको उक्त अवसर शुरु हुन केही दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलेर डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन ग्राहकहरुसँग बैंकले अनुरोध समते गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4