+
+

पर्सामा मोटरसाइकल चोरी गर्दागर्दै दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १३:३३

२४ कात्तिक, पर्सा । पर्सामा प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै दुईजनालाई पक्राउ गरेको छ ।

वीरगञ्‍जमहानगरपालिका-१५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना२९प ६७९० नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-१५ भीष्वाका २२ वर्षीय सुरज सहनी र सुजित सहनी रहेका छन् ।

उनीहरुले कालो र रातो रंगको १८० सीसीको पल्सर मोटरसाइलक चोरी गर्दैगर्दा अस्पतालका सेक्यूरिटी गार्डले देखेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि चोरीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता ओमप्रकाश खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?