+
+

प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १३:२५

२५ कात्तिक, काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।  बिहीबार प्रधासनोपति शर्माले जयशंकरलाई उनको कार्यकक्षमा भेटेका हुन् ।

भेटपछि एक तस्वीर ट्वीट गर्दै जयशंकरले भनेका छन्, ‘उनको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ ।’ शर्माले बुधबार भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका छन् । नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन रही आएको छ ।

शर्माले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?