+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कामकाजमा रोक लगाएकोमा विरोध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २३ गते मन्त्रीस्तरीय निर्णयबाट प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रारलगायत अन्य पदाधिकारीलाई अर्को निर्णय नभएसम्म कामकाज नगर्नु भनी पत्र पठाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १३:५४

२५ कात्तिक, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहितका पदाधिकारीलाई कामकाज गर्न रोक लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्णयको त्यहाँका शिक्षक र कर्मचारीले विरोध गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २३ गते मन्त्रीस्तरीय निर्णयबाट प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रारलगायत अन्य पदाधिकारीलाई अर्को निर्णय नभएसम्म कामकाज नगर्नु भनी पत्र पठाएको थियो । प्रतिष्ठानका विभिन्न विभागमा कार्यरत ८८ जना शिक्षक र कर्मचारीले बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रालयको यो निर्णय प्रतिष्ठान अघि बढ्न नदिने दाउपेच रहेको बताएका छन् ।

‘…हाल एमबीबीएस बीएनस, बी फार्मलगायत अन्य शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने अन्तिम चरणमा आइपुग्दा राजनीतिक दाउपेच र राज्यबाट भइरहेको हस्तक्षेपका कारणले प्रतिष्ठानलाई अगाडि बढ्न नदिनका लागि गरिएको सुनियोजित षड्यन्त्रका रुपमा हामीले लिएका छौं’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले भने गत चैत २२ गते उपकुलपतिमा नियुक्त डा. मंगल रावलको नियुक्तिमा प्रश्न उठेकाले कामकाजमा रोक लगाइएको बताएको छ ।

एमबीबीएस, बीएनएस, बी फर्मालगायतका अन्य शैक्षिक कार्यक्रम सञ्चालन हुने दिन नजिकिएका बेला प्रतिष्ठानका पदाधिकारीलाई कामकाज गर्न रोक लगाउँदा दुर्गममा चिकित्सा शिक्षा सुरु गर्न चुनौती भएको स्वास्थ्यकर्मी र कर्मचारीको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘हुर्कदै र बढ्दै गएको यस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप सहयोग गर्नुपर्नेमा विभिन्न व्यक्तिहरुको स्वार्थका लागि राजनीतिक दाउपेचमा पार्नु खेदजनक छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठान नेपालको दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र सम्बन्धित क्षेत्रमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धान सञ्चालन गरिरहेको र आत्मनिर्भरतर्फ उन्मुख भइरहेका बेला गरिएको राजनीतिक चलखेलले बहुवर्षीय योजना दैनिक कामकाज प्रभावित भएको शिक्षक र कर्मचारीहरुले बताएका छन् ।

उनीहरुको विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमका गैर जिम्मेवारपूर्ण हस्तक्षेप तत्काल बन्द गरी प्रतिष्ठानलाई सही दिशामा अगाडि बढाउन र प्रतिष्ठानलाई थप उचाइमा पुर्‍याउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?