+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिरहाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई युवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १८:२७

२५ कात्तिक, जनकपुरधाम । सिरहाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् ।

भगवानपुर गाउँपालिका वडा नम्बर ४ बाट लागूऔषध नाइट्रोभेट ७५ थानसहित लहान नगरपालिका १९ बस्ने २१ वर्षीय प्रेम मण्डल पक्राउ परेका हुन् ।

प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ठाडीबाट खटिएको संयुक्त चेकिङ टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका मण्डललाई शंका लागि चेकजाँच गर्दा लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

यस्तै मिर्चैया नगरपालिका-४ स्थित आँपको बगैचाबाट लागूऔषध गाँजा र नाइट्रोभेट-१० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका २८ वर्षीय अनिथा महरा रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले आँपको बगैचामा घुमफिर गरिरहेका महरालाई चेकजाँच गर्दा उनको साथबाट सय ग्राम गाँजा र नाईट्रोभेट-१० लेखिएको १ सय ५० थान ट्याब्लेट बरामद गरेको छ ।

पक्राउ परेका उनीमाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको जनाउको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?