+
+

दुई दशकपछि कीर्तिपुरमा हल खुल्दा कस्तो छ दर्शकको चाप ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १२:२१

झण्डै दुई दशकपछि कीर्तिपुरमा हल सञ्चालनमा आयो । वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन र उनको टिमले करिब २० करोड रुपैयाँको लगानीमा ‘कीर्तिपुर सिनेप्लेक्स’ सञ्चालनमा ल्याएको हो ।

बलिउड चलचित्र ‘सूर्यवंशी’ले नेपालका अधिकांश हलमा दर्शक फर्काएको छ । कीर्तिपुर सिनेप्लेक्समा भने कति दर्शक आए त ?

हल सञ्चालक नरेन्द्र महर्जन भन्छन्, ‘हामीले अपेक्षा गरेअनुसार नै दर्शक आउनुभएको छ । यहाँ अन्य हलजस्तो हाउसफूल शो त छैन । तर, शुक्रबार ६० प्रतिशत दर्शक हलमा देखिएका थिए ।’

महर्जन दुई दशकसम्म हल नभएका कारण पनि दर्शकलाई बानी लगाउन केही समय लाग्ने बताउँछन् । तर, दर्शकको उपस्थितिले आफूहरु सन्तुष्ट भएको उनको भनाइ छ ।

कीर्तिपुरका दर्शकले नेपाली चलचित्र कुरेका छन् कि छैनन् त भन्ने प्रश्नमा उनले भने, ‘यहाँ हामीले महिला दर्शकको संख्या खासै देखेका छैनन् । शायद उहाँहरु नेपाली चलचित्र नै पर्खिरहनुभएको छ जस्तो लाग्छ ।’

कीर्तिपुर सिनेप्लेक्समा कीर्तिपुरका मात्र नभएर बालाजु, ललितपुर लगायतका स्थानबाट पनि दर्शक आएको महर्जनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?