+
+

क्रोएसिया विश्वकपमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते ६:२८

काठमाडौं । साविक उपविजेता क्रोएसिया अर्को वर्ष कतारमा हुने पिफा विश्वकपका लागि छनोट भएको छ ।

युरोपियन छनोटअन्तर्गत आइतबार भएको खेलमा रसियालाई १-० ले पराजित गर्दै क्रोएसिया समूह एचबाट शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भएको हो ।

घरेलु मैदानमा भएको खेलमा क्रोएसियाले आत्मघाती गोलको मद्दतमा जित हात पारेको हो ।

रसियाका फेडोर कुड्रयासोभ ८१औं मिनेटमा आत्मघाती गोल गर्दा क्रोएसियाले अग्रता बनाएको थियो ।

खेलअघि रसिया समूह एचमा २२ अंकसहित शीर्ष स्थानमा थियो । क्रोएसिया दुई अंक पछि थियो । रसियालाई बराबरी पनि पर्याप्त थियो ।

तर जितपछि २३ अंक जोड्दै क्रोएसिया विश्वकपमा छनोट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?