काठमाडौं । स्पेन सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।
युरोपियन छनोटअन्तर्गत आइतबार राति भएको समूह बीको अन्तिम खेलमा स्वीडेनलाई १-० ले पराजित गर्दै स्पेनले अर्को वर्ष हुने विश्वकपमा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा स्पेनका लागि अल्भारो मोराटाले ८६औं मिनेटमा निर्णायक गोल गरे ।
छनोटका अन्तिम दुई खेलमा पराजित भएपछि स्वीडेनले भने विश्वकप पुग्न प्लेअफ खेल्नुपर्ने भएको छ ।
समूह बीमा स्पेन ८ खेलबाट १९ अंक जोडेर शीर्ष स्थानमा रहँदा स्वीडेन १५ अंकसहित दोस्रो स्थानमा रह्यो ।
यसै समूहको अर्को खेलमा ग्रीस र कोसोभोले एक/एक गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया 4