+
+

प्रधानन्यायाधीश सहभागी कार्यक्रम बहिस्कार गर्ने बारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते २०:३५

३० मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई निरन्तरता दिने भएको छ । साथै ३ मंसिरसम्म राजीनामा नदिए उच्च अदालतको इजलास भएका १८ स्थानमा पनि विरोध प्रदर्शन गर्ने बारले बताएको छ ।

नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरुले मंगलबार सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरुसँग छलफल गरेका थिए । लगत्तै बसेको बारको बैठकले सर्वोच्च अदालत परिसरमा भइरहेको आन्दोलनलाई मंसिर ३ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

त्यसबेलासम्म पनि जबराले राजीनामा नदिए उच्च अदालत र उच्च अदालतका इजलास भएका १८ स्थानमा पनि केन्द्रीय प्रतिनिधि खटाएर विरोध प्रदर्शनलगायतका कार्यक्रम गर्ने निर्णय भएको छ ।

बैठकले प्रधानन्यायाधीश जबरा सहभागी सार्वजनिक कार्यक्रममा सहभागी नहुने निर्णय समेत गरेको बार एशोसिएसनका महासचिव लीलामणि पौड्यालले बताए ।

उनका अनुसार बैठकले प्रधानन्यायाधीश जबराबाहेक संवैधानिक परिषद्को बैठक राख्न र निकासका लागि पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । साथै न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्न आग्रह गर्दै ३ गते नै संसदमा भएका दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?