
प्रतिकात्मक तस्वीर
१ मंसिर, बुटवल। रुपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्रमा एक युवकको अपहरण भएको छ ।
रोहिणी गाउँपालिका-२ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाले अपहरण गरेको परिवारको दाबी छ ।
भारततर्फका सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर अनिललाई दशगजामा बोलाएको र त्यहाँबाट मोटरसाइकलमा भारततर्फ नै लगेको अनिलकी आमा सुधा कहारले बताइन् ।
आफ्नो छोरालाई बुधबार साँझ करिब साढे ६ बजे सञ्जय यादवको समूहले अपहरण गरी लगेको बताएकी छन् । अपहरणमा संलग्नहरुको दोहोरो नागरिकता रहेको स्थानीयको दावी छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने कहारलाई नेपालबाट नभई भारतबाट नै नियन्त्रणमा लिएको बुझिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4