
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेञ्ज क्याम्प आयोजना गर्दैछ ।
मंसिर ३-७ गतेसम्म नेपालभर रहेका टाटा मोटर्सको शोरुमहरुमा यो क्याम्प आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।
टाटा मोटर्सको शोरुममा गएर ग्राहकहरुले यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीको भनाइ छ ।
उक्त एक्सचेञ्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेञ्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सक्नेछ भने यससँगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै फाइनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्यांकन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4