+
+

शनिबार देशैभर माओवादी केन्द्रको वडा सम्मेलन, विभाजित नहुन कार्यकर्तालाई अपिल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १६:४९

३ मंसिर, काठमाडौं । भोलि (शनिबार) नेकपा माओवादी केन्द्रको देशभर वडा सम्मेलन हुँदैछ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठले वडा सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । देशभर ६ हजार ७४३ वटा वडा छन । माओवादी केन्द्रले सबै वडामा एकैदिन नेतृत्व चयन गर्न लागेको हो ।

यसैसन्दर्भमा शुक्रबार प्रेस विज्ञप्ति निकालेर प्रवक्ता कृष्णबहादुर महराले विभाजित नभइ वडा सम्मेलनमा सहभागि हुन अपिल गरेका छन् ।

‘हाम्रो पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन शुभकामना व्यक्त गर्दछ’ महराद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी, मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ ।

नेतृत्व चयन : सकेसम्म सर्वसम्मत, नभए निर्वाचन

माओवादी केन्द्रले नेतृत्व चयनका सन्दर्भमा सकेसम्म सर्वसम्मत गर्ने नभए मात्रै निर्वाचनको प्रक्रियामा जाने नीति लिनेछ ।

नेतृत्व चयनमा गर्ने विधि र प्रक्रियाबारे नीति कस्तो छ ? भन्ने पत्रकाहरुको प्रश्नममा केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठ भन्छन, ‘सर्वसम्मत नेतृत्व चयन भयो भने निर्वाचन समितिले विधि प्रक्रिया पुरा गर्दछ । यदि सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?