+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

इन्स्टाग्राममा भेटिएका युवकले नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिएपछि …

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १८:२८
फाइल तस्वीर

३ मंसिर, काठमाडौं । काठमाडौंको भोटेबहालमा २० वर्षीय लव खड्गीको पसल छ । अलिकति फुर्सद पाउने बित्तिकै उनी सामाजिक सञ्जाल इन्स्टाग्राम खोलिहाल्छन् ।

किशोरकिशोरी माझ लोकप्रिय इन्स्टाग्राममा उनी किशोरीहरुलाई फलो गर्छन् । फलोब्याक आए, कुराकानी पनि गर्छन् । शुरुवातमा सामान्य लाग्ने कुराकानी एक/दुई हप्तापछि चाहिं असामान्य बन्दै जान्छ । यही कारण उनी अहिले साइबर ब्युरोको हिरासतमा छन् ।

ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार खड्गीमाथि सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गर्ने धम्की दिएको अभियोग छ । र, साइबर अपराध सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की

अर्यालका अनुसार खड्गीले एक महीनाअघि काठमाडौंकै कक्षा १० मा पढ्ने १६ वर्षीया किशोरीको प्रोफाइल देखे । आकर्षक प्रोफाइल पिक्चर देख्ने बित्तिकै फलो गरी हाले, एकाउन्ट प्राइभेट भएकाले अरु फोटोहरु चाहिं हेर्न मिलेन ।

‘किशोरीले पनि धेरै नसोची फलोब्याक गरिछन्,’ अर्यालले अनलाइनखबरसँग भने, ‘कुराकानीको शुरुवात पनि खड्गी आफैंले घर कहाँ हो, कहाँ पढ्ने जस्ता विषयबाट गरेको देखिन्छ ।’

दुई-चार दिनपछि दुईबीच कुराकानी बढ्दै गयो । ‘इन्स्टाग्रामबाट किशोरीको फेसबुक प्रोफाइलसम्म पुगेर खड्गीले उनका साथीहरु हेर्नेदेखि रुचि पत्ता लगाउनेसम्मका काम गरिसकेछन्,’ उनले भने, ‘त्यसपछि विस्तारै किशोरीलाई उनले आफ्नो ट्रयापमा पार्दै गएको देखिन्छ ।’

कुराकानी बढ्दै जाँदा उनले युवतीको तस्वीरहरु माग्न थाले, शुरुमा सामान्य तस्वीर पठाइन् । पछि नग्न तस्वीर पनि माग्न थाले, शुरुमा उनले अस्वीकार गरिन् । ‘अहिलेका किशोरकिशोरीमा यस्ता कुरा सामान्य भइसकेछन्, सामान्य एट्याक्सनमै अन्तरंग तस्वीर साटासाट हुन थालिसकेछ,’ ब्युरोका एक अनुसन्धान अधिकृत भन्छन्, ‘उनीहरुबीच लभ नै परिसकेको हो होइन पुष्टि भइसकेको छैन तर युवतीले तस्वीर पठाएको चाहिं देखिन्छ ।’

प्रहरीका अनुसार युवतीले पठाएको तस्वीर वास्तविक हो वा एडिट गरेर बनाइएको हो भन्ने विषयमा जाँच भइरहेको छ । ‘शुरुमा उसको एउटा फोटो एडिट गरेर आफन्तलाई पठाइदिने भन्दै धम्क्याएको देखिन्छ,’ अर्याल भन्छन्, ‘पछि किशोरीसँग थप फोटो मागिएको पाइएको छ ।’

धम्क्याउनुका पछाडि आर्थिक कारण र शारीरिक सम्बन्ध राख्ने चाहना हुनसक्ने अर्याल बताउँछन् । ‘युवतीले समयमै एकजना विश्वासिलो व्यक्तिलाई खबर गरिन् र यो विषय प्रहरीसम्म आइपुगेको हो,’ उनी भन्छन्, ‘प्रहरीकहाँ आइपुगेपछि अनुसन्धान गरेर खड्गीलाई पक्राउ गरेका हौं ।’

खड्गीले चलाउने सामाजिक सञ्जाल प्रोफाइलको विश्लेषण गर्दा उनले अन्य किशोरीलाई पनि यही शैलीमा फसाएको हुनसक्ने देखिएको अर्याल बताउँछन् । यस्ताखाले समस्यामा कोही परेको भए ब्युरोमा खबर गर्न उनको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?