
३ मंसिर, जनकपुरधाम ।प्रहरीले सिरहाबाट बिभिन्न लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका-७ बस्ने २५ बर्षीय नागेश्वर भगत र धनुषाधो औरही नगरपालिक-५ बस्ने २९ बर्षीय रमन कुमार कर्ण रहेका छन् ।
प्रदेश नम्बर ०२–०२३– प. ९३९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई मोटरसाइकल चेकजाँच गर्ने क्रममा धनगढीमाई नगरपालिका-१० बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नोफिन १९४ एम्पुल, प्रोमिथोजाईन ३४२ एम्पुल, डाईजोपाम ३८२ एम्पुल र लेवल नभएको १८२ एम्पुल फेला परेको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4