
५ मंसिर, काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ मा नायिका सुपुष्पा भट्ट बोल्ड अवतारमा देखिएकी छन् । दुई वर्षअघि नै निर्माण सकिएपनि कोरोना महामारीका कारण यो चलचित्र आगामी पुस २ गतेदेखि सिनेमा हलमा चल्दैछ ।
लकडाउनको समयमा सुपुष्पाले बिहे गरिन् । सुपुष्पाले बिहे गरेको केही महिनापछि चलचित्र रिलिज हुन लागेको छ । यो चलचित्रमा उनी विकिनी अवतारमा पनि देखिएकी छन् । चलचित्रको एक दृश्यमा स्विमिङ पुलमा रमाउँदै गरेकी सुपुष्पाको दृश्यले ट्रेलरमा चर्चा पाएको छ ।
नायिका सुपुष्पा भट्ट आफूलाई विकिनी दृश्य दिँदा अप्ठ्यारो नलागेको बताउँछिन् । केही दिन अगाडि आयोजित चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा सुपुष्पाले आफूलाई विकिनी दृश्य दिँदा असहज नभएको बताइन् ।
उनले आफूलाई बरु पौडी खेल्न भने डर लाग्ने बताएकी छन् । सुपुष्पाले दुई वर्षपछि चलचित्र रिलिज हुन लागेको भन्दै दर्शकले माया गर्ने समेत विश्वास व्यक्त गरिन् ।
सुपुष्पाले आजसम्म तीनवटा चलचित्रमा मात्र अभिनय गरेकी छन् । तर, उनलाई चलचित्र क्षेत्रमा स्थापित हुन अझै संघर्ष गरिरहनु परेको छ ।
प्रतिक्रिया 4