+
+

मनकामना केबलकार २४ वर्षमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १३:५२

८ मंसिर, काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार बुधबारदेखि २४ औं वर्षमा प्रवेश गरेको छ ।

२०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको जानकारी कम्पनीले दिएको छ ।

केबलकार सञ्चालनमा आएसँगै यस क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र बन्ने पुगेको कम्पनीनको भनाइ छ । केबलकारको सञ्चालनसँगै यस क्षेत्रको विकास हुनुका साथै विश्व सामु मनाकामनाको ख्याति प्रचार प्रसार भएको कम्पनीनको भनाइ छ ।

कम्पनीका अनुसार विश्व प्रख्यात अष्ट्रियाको डोपेलमेयर कम्पनीको प्रविधिबाट सञ्चालित यस केबलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिंदै आएका कम्पनीको दावी छ ।

आर्थिक वर्ष २०७८/७९ बाट केबलकारको प्रविधिको स्तरोन्नति समेत गरिने जानकारी कम्पनीले दिएको छ ।

हाल रहेको एनालग सिस्टमलाई तीन चरणमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिने जानकारी कम्पनीले दिएको छ । स्तरोन्नति गर्न करिब ३० करोड लागत लाग्ने अनुमान कम्पनीले गरेको छ ।

सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आउने

मनकामना क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा ल्याइने भएको छ । केबलकारको टप स्टेशनसँगै करिब ९ रोपनी क्षेत्रफलमा ४० कोठाको सुविधा सम्पन्न रिसोर्ट निर्माण गरिन लागेको कम्पनीले बताएको छ । रिसोर्टको निर्माण कम्पनीको भातृ संस्था रिसोर्ट बाइ मनकामना केबलकार प्राइभेट लिमिटेडले गर्नेछ ।

रिसोर्ट निर्माणको थालनी आगामी फागुनदेखि हुने र करिब डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ । रिसोर्टमा रेष्टुरेन्टका साथै १०० सिट क्षमताको कन्फरेन्स हल समेत रहने छ ।

रिसोर्टको निर्माणसँगै यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्वमा थप विकास हुने, स्थानीय रोजगारी सृजना हुने विश्वास कम्पनीले लिएको छ । रिसोर्ट बनाउनका लागि करिब ३५ करोड २८ लाख रुपैयाँ खर्च हुने अनुमान कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?