+
+

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १४:२६

८ मंसिर, काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० घर भइ ललितपुर जिल्ला सानागाउँ बस्‍दै आएकी ५१ वर्षीया दुर्गा शाही सापकोटा रहेकी छिन् ।

उच्च अदालत पाटनले उनीविरुद्ध मंसिर १६ गते बैंकिङ कसुर मुद्दामा सात दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका सापकोटालाई ललितपुर सानागाउँमा लुकिछिपी बसेको अवस्थामा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै सापकोटाले २०७५ साल कात्तिक ६ गते रकम भुक्तानीका लागि हिमालयन बैंक लिमिटेडको चेक काटेर दिएकी थिइन् ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्‍यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?