+
+

डानमा नयाँ कार्यसमिति

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १०:०७

८ मंसिर, काठमाडौं । कौशलकुमार पौडेलको नेतृत्वमा डेमोक्रेटिक एग्रि कल्चरिष्ट एसोसियसन नेपाल (डान) को नयाँ केन्द्रीय कार्यसमितिको चयन भएको छ । खुमलटारमा भएको  चौंथो साधारणसभा अध्यक्ष डा. सूर्य प्र. पौडेलको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाको शुभकामना सन्देश पढेर सुनाइएको थियो । साधारण सभामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गृह मन्त्री बालकृष्ण खाँड, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कृषि तथा जलश्रोत समितिका पूर्वसभापति गगन कुमार थापाले शुभकामना मन्तव्य राखेका थिए ।

साधारण सभाले २ वर्षे कार्यकालको लागि  कौशलकुमार पौडेल सभापति रहेको २५ सदस्यीय केन्द्रीय कार्य समितिको चयन गरेको छ । प्रथम उपसभापतिमा यादव पद्धयोती, द्वितीय उपसभापतिमा डा. कृष्ण प्रसाद तिम्सिना र महासचिवमा मनिता थापा निर्वाचित भए भने सचिवमा डा. चन्द्र ढकाल, र रोशन अधिकारी चुनिए ।

कोषाध्यक्षमा सोमाकुमारी राना र सदस्यहरुमा सुदिपकुमार दाहाल, रामहरी तिमिल्सिना, डा. अमित तिमिल्सिना, डा. सरोज चौधरी, सन्तोष खनाल, सरोज रेग्मी चुनिए ।

प्रदेश संयोजकको रुपमा प्रदेश नं. १ बाट डा. संजय कुमारयादव, प्रदेश नं. २ बाट डा. शिबनाथ महतो, बाग्मति प्रदेशबाट झलकनाथ कडेंल, गण्डकी प्रदेशबाट कुलप्रसाद तिवारी, लुम्बिनी प्रदेशबाट नबराज भण्डारी, कर्णाली प्रदेशबाट रविन धिताल र सुदुरपश्चिम प्रदेशबाट गोबिन्दराज जोशी निर्विरोध निर्बाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?