
९ मंसिर, काठमाडौं । वरुण धवन र कृति सेननको मुख्य भूमिका रहेको चलचित्र ‘भेडिया’ अप्रिल १४ मा रिलिज नहुने भएको छ । यो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै यसको निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । अब यो चलचित्र सन् २०२२ को नोभेम्बर २५ तारिखमा रिलिज हुने भएको छ ।
वरुणले चलचित्रको पोष्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘भेडियाको पहिलो झलक सबैसामु प्रस्तुत गरेको छु । नोभेम्बर २५ मा यो चलचित्र हलमा लाग्नेछ ।’ अमर कौशिकको निर्देशनमा बनेको यो चलचित्र हरर कमेडी कथामा आधारित छ । चलचित्रमा वरुण र कृतिका साथै दीपक डोबरियाल, अभिषेक बनर्जी लगायतको मुख्य भूमिका छ ।
अप्रिल १४ मा चलचित्र ‘लाल सिंह चड्डा र केजीएफ २’ रिलिज हुने भएपछि वरुणको ‘भेडिया’को प्रदर्शन मिति पछि सारिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4