+
+

ए डिभिजन लिग : थ्री स्टार र सातदोबाटो तथा संकटा र फ्रेण्ड्स भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १२:१६

१० मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा पहिलो खेल दुई ललितपुर क्लब थ्री स्टार सातदोबाटो युथ क्लबबीच दिउँसो १ बजे सुरु हुनेछ । यस्तै रंगशालामै ४:४५ बजे संकटा र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक विकेण्डमा लिगका खेलहरु आयोजना गर्दा सहभागि क्लबहरुले केही दिन विश्राम गर्ने र तयारी गर्ने मौका पाए ।

पहिलो चरणमा थ्री स्टारले सबैभन्दा प्रभावशाली जित हात पारेको थियो । च्यसाल युथ क्लबलाई ३-० ले पराजित गरेको थ्री स्टार सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

थ्री स्टारका पशिक्षक उर्जन श्रेष्ठले ग्यापमा राम्रो तयारी गरेको र पहिलो खेलमा देखिएको कमजोरीलाई सुधार गर्दै खेल्ने बताए । ‘पहिलो खेलमा स्ट्राईकिङ मिस्टेक भाथ्यो । सेट पिस गोल भयो । तयारीमा समय पायौँ । सातदोबाटो राम्रै टिम हव । भोली राम्रो गर्ने योजना छ ।’ उनले सातदोबाटो विरुद्ध भने त्यसमा सुधार गर्ने बताए ।

पहिलो पटक ए डिभिजन लिगमा उक्लेको सातदोबाटोले फ्रेण्ड्ससंग गोलरहित बराबरी खेल्दै लिग सुरुवात गरेको थियो । दोस्रो खेलमा भने पहिलो खेलको कमजोरी नदोहोर्याउने प्रशिक्षक मेघराज केसीले बताए ।

सातदोबाटो थ्री स्टार विरुद्ध भिड्दा मे राज केसीको लागि पूर्व क्लब विरुद्ध फेस गर्नेछन् । पछिल्लो पटक लिग हुँदा केसी थ्री स्टारको प्रशिक्षक थिए । पूर्वक्लब विरुद्ध खेल्दा कस्तो अनुभव हुन्छ भनेर सोध्दा उनले सबैलाई आफूले विपक्षी टिमको रुपमा हेर्ने बताए ।

‘मैले प्रशिक्षण गरेको ८-९ वटा क्लब भईसक्यो । यसअघि खेलेको फ्रेण्ड्स पनि पूर्व क्लब हव । आर्मी पनि हो ।’ केसीले भने । ‘मैले विपक्षीलाई विपक्षी नै लिन्छु । यो लिगको १३ टिमलाई उस्तै रुपमा हेर्छु ।’

केसीले थ्री स्टार सहित अरु टिमसंग पनि ३ अंककै लागि खेल्ने बताएका थिए । केसीले पहिलो खेलमा घाईते भएका दक्षिण अफ्रिकी खेलाडी सिफामान्डला माथेन्जाको चोट ठूलो रहेको र उनले बाँकी खेल नखेल्ने भएका छन् । यसले टिम र क्लबलाई नै घाटा पुगेको केसीले बताए ।

पहिलो जितको खोजीमा संकटा र फ्रेण्ड्स

यस्तै संकटा र फ्रेण्ड्स पहिलो जितका लागि खेल्नेछन् । संकटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १-१ को बराबरी खेलेको थियो ।

संकटाका प्रशिक्षक विष्णु गुरुङले खेलाडीहरु मेन्टल्ली र फिजिकल्ली तयार रहेकोले जितकै लागि खेल्ने बताए । ‘हामी आफ्नो योजना अनुसार नै खेल्ने छौँ र ३ अंकका लागि जानेछौँ ।’

यस्तै फ्रेण्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले पहिलो खेलमा गोल गर्न नसकेपनि संकटा विरुद्ध स्कोर निकाल्न प्रयास गर्ने बताएका छन् । उनले संकटा राम्रो टोली रहेकोले त्यही अनुसार रणनीति बनाएर खेल्ने बताए ।

मिश्रले ड्र खेल्दा टिमलाई फाइदा नहुने भन्दै संकटा विरुद्ध जितकै लागि खेल्ने बताए । ‘ड्र खेलेर अस्तिस्व हुँदैन । ३ बराबर र एक जितमा जित नै बढी हुन्छ ।’ उनले पहिलो खेलमा विदेशी खेलाडी रोनेल पउलले रातो कार्ड पाएकोले खेल्न नपाउने र गाह्रो हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?