+
+
Shares

प्रसारणलाइन सुधार्न एडीबीको ७ अर्ब ऋण, काठमाडौंमा भूमिगत ग्रिड बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १८:५९

१० मंसिर, काठमाडौं । एसीयाली विकास बैंक (एडीबी)ले नेपालको विद्युत् प्रसारणलाइन (ग्रिड) र सबस्स्टेसन सदृढीकरणका लागि ६० मिलियन अमेरिकी (७ अर्ब १० करोड रुपैयाँ) बराबर ऋण सहायता उपल्ध गराउने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा एक कार्यक्रम गरेर अर्थसचिव मधुकुमार मरासिनी र अर्नाउद काउचोइसले ऋण सम्बन्धी सम्झौतापत्रमा हस्तक्षर गरे ।

सम्झौताअनुसार प्राप्त हुने रकमबाट विद्युत प्राधिकरणले नेपालगञ्ज–कोहलपुर खण्डमा १२३ केभीको प्रसारणलाइन र बीचमा एउटा सबस्स्टेसन निर्माण गर्ने भएको छ ।

विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ अम्बे सिमेन्ट यो क्षेत्रमा ३५ मेगावाट बिजुली मागेको र अन्य औद्योगिक माग पनि आउने सम्भावना भएकाले प्रसारणलाइन र सबस्टेसन बनाउन लागिएको बताउँछन् । यो प्रसारणलाइन भारतको उत्तर प्रदेशमा विद्युत् व्यपारमा समेत उपयोगी हुने उनको भनाइ छ ।

दुम्कीबासमा पनि सबस्टेसन बनाइनेछ । सीजी सिमेन्ट लगायत थुप्रै उद्योगले बिजुली लिन चहेकाले यो आयोजना अघि बढाउन लागिएको घिसिङले बताए ।

त्यसैगरी यही ऋण सहयोगबाट चोभरदेखि लगनखेलसम्म १३२ केभीको भूमिगत प्रसारणलाइन बनाइने भएको छ । विभिन्न आयोजनाबाट मातातीर्थसम्म आएको बिजुली शहरभित्र छिराउन र भक्तपुर पुर्‍याउन सहतमाथि प्रसारण लाइन बनाउन नसकिएपछि भूसमिगत लाइन बनाउन लागिएको हो । त्यसैगरी विभिन्न सबस्टेसनहरु अग्रग्रेड गर्न पनि यो रकम खर्च हुनेछ ।

‘प्राधिकरणको महसुल उठाउने पद्धति सुधार गर्ने गरी रेभिन्यु म्यानेजमेन्ट सिस्टम पनि जडान गर्छौं,’ घिसिङले भने, ‘इन्टरप्रसाइज रिसोर्स सिस्टममार्फ डिजटिल एनईएको अवधारणालाई मूर्त रुपमा दिन यो ऋण सहायता उपयोग हुनेछ ।’

ऊर्जा प्रसारणको आधुनिकिकीकरण र प्रभावकारिता वृद्धि गर्न एसियाली विकास बैंकले यस्तो सहयोग गरेको भन्दै घिसिङले धन्यवाद ज्ञापन गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?